मौद्रिक नीति ल्याउन मैले रोकेको छैन : अर्थमन्त्री

१४ श्रावण २०७८, बिहीबार १८:३७

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपाल राष्ट्र बैंक स्वायत्त निकाय भएकाले आफूले सो स्वायत्त निकायको दायरा मिच्ने काम नगरेको बताएका छन् । नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला आफूले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको बताए ।

चालु आर्थिक वर्षको १४ दिन बितिसक्दा पनि केन्द्रिय बैंकले मौद्रिक नीति ल्याउन सकेको छैन । यस्तोमा अर्थ मन्त्री शर्माले हस्तक्षेप गरेको चर्चा हुँदै आएको छ ।शर्माले राष्ट्र बैंक स्वायत्त संस्था भएकाले कतिबेला मौद्रिक नीति ल्याउने भन्ने निर्णय पनि राष्ट्र बैंकले गर्ने प्रष्ट पारे । बुधबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) का पदाधिकारीहरुसँगको भेटमा मन्त्री शर्माले भने, मैले गभर्नर साबलाई फेरि ब्याजदर बढेर अन्य स्थितिबाट नागरिक वित्तीय सुविधाबाट बञ्चित नहुन् भनेको हुँ ।

वातावरण हिजोभन्दा फरक नभएर अझ सहज बनाउने स्थित सिर्जना गर्न आफूले निर्देश गरेको उनले बताए । आम नागरिकलाई अप्ठेरो हुनु भएन । यसबाहेक मैले केही सुझाव दिएको छैन । रोकेको त हुँदै होइन, शर्माले भने, नेपाल राष्ट्र बैंक स्वायत्त संस्था हो । गभर्नरलाई मैले तपाईं त्यसको प्रमुख हो, मेरो सुझाव यत्ति हो, कतिबेला के गर्ने कसरी गर्ने पनि तपाईंको जिम्माु भनेको छु ।

ऋण पाउने पक्का भएकाहरूले ऋण पाउने स्थिति नहोस्, कसरी हुन्छ सहज वातावरण बनाउने निर्देशन दिएको उनले बताए । अर्थ मन्त्रालयले मौद्रिक नीति रोकेर अर्थतन्त्रलाई नै अप्ठेरो पार्ने काम नगर्ने दाबी उनको छ ।जनतालाई अप्ठेरो पार्ने गतिविधि तथा आर्थिक क्रियाकलापलाई अप्ठेरो हुने काम नहुने गरी जेजे लख्नुपर्ने हो लेख्नोस् भनेको छु,ू शर्माले थपे, ूयसो भन्नु मेरो दायित्व हो मन्त्रालयमा हिजो र आजको वातारण फरक भएकाले परिवर्तीत सहज वातारणलाई सहज बनाइदिन माग आएको उनले बताए ।

शर्माले एकातिर कोरोना र अर्कातिर व्यवसाय, सर्वसाधारण र जनजीवन संकटमा रहेकाले यो सर्वव्यापी संकट समाधान समस्याप्रति सबै निकाय गम्भीर भएर लागेमात्र सम्भव हुने बताए । आफू नेतृत्वमा रहादा जानीजानी गल्ती नगर्ने बताउँदै उनले अञ्जानमा गलती भए सच्याउने सल्लाह दिन अनुरोध गरेका छन् ।

कुन कुर्सीमा बसेको छौं भन्नेले फरक पर्दैन । देश विकासको चिन्ता कसमा कति छ भन्ने कुराले फरक पार्छू शर्माले भने, मलाई धेरै चिन्ता छ । सो नाफा खाने चिन्ता हैन, चिन्ताकै लागि योगदान र बलिदान दिन तयार छु ।मन्त्री शर्माले असत्य कुरा स्थापित नहुने पनि बताए । ऊर्जामन्त्री रहँदा आफूले व्यहोरेको आरोपको सम्झँदै उनले भने, मैले कमेन्ट गरिनँ । पछि असत्य साबित भइ आफैं विस्तापित भयो ।

मन्त्री शर्माले अनुसन्धानमुखी तथ्यपरक समाचार सम्प्रेषण गर्न अनुरोध पनि गरेका छन् । साथै, यो कार्यकाल आफ्ना लागि चुनौती र आम नागरिकका लागि अवसर भएको उनको जिकिर छ । शर्माले भने, आम नागरिकका लागि मिलेको यो अवसर फलदायी बनाउन म जुनसुकै चुनौती भोग्न तयार छु ।त्यसअघि अर्थ सचिव शिशिरकुमार ढुंगानाले सञ्चारकर्मीहरूबाट आएको सुझावले तथ्यमा आधारित नीतिु बनाउन सघाउ पुग्ने बताएका थिए । उनले अर्थतन्त्र अझै पनि उत्कृष्ट बनाउन नसकेको भएपनि विदेशी विनिमय सञ्चिति, बजेट बचतलगायत केही राम्रा पक्ष रहेको बताए ।

सचिव ढुंगानाले अर्थले मौद्रिक नीति रोकेको भन्ने आरोप सत्य नभएको भन्दै छलफल अघि बढेकाले समय लागेको बताए । ढुंगानाले भने, हामीले रोक्ने कुरै हुँदैन । नियामकीय व्यवस्था हेरफेर त राष्ट्र बैंकले जुनसुकै समयमा पनि हेरफेर गर्न सक्छ ।भेटमा नाफिजका अध्यक्ष मोदनाथ ढकालले मन्त्री शर्मालाई ऊर्जामन्त्री हुँदाको सफल इन्निङ्स दोहोर्‍याउने शुभकामना दिए । नेतृत्वमा पुगेको र चुनौतीको सामना गर्ने मौका मिलेकामा बधाइ दिँदै अध्यक्ष ढकालले नाफिज सक्रिय आर्थिक पत्रकारहरूको साझा संस्था भएको जानकारी दिए ।

नाफिजका पदाधिकारीहरूले मन्त्री शर्मालाई अवसर र चुनौती दुवै मिलेको, आर्थिक नीति कार्यान्वयनमा अझै ठूलो कमजोरी रहेको औंल्याउँदै मन्त्री शर्माले ल्याउन लागेको श्वेतपत्र कसैलाई गाली गर्ने नभएर यस अघिको नेतृत्वले भन्दा राम्रो काम गर्ने प्रतिबद्धताका साथ ल्याउन सुझाव दिएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*