प्रिमियर स्टिललाई ३६ एमएम समूहमा नेपाल गुणस्तर प्रमाण

१५ श्रावण २०७८, शुक्रबार ०७:०९

काठमाडौं । प्रिमियर स्टिलले नेपाल गुणस्तर प्रमाण पाएको छ । स्टिलले ३६ एमएम समूहमा नेपाल गुणस्तर प्रमाण प्राप्त गरेको हो । नेपालले ३० एमएसको छड भारत बाट आयात गर्न भए पनि अब भने आयात गर्नु पर्न अबस्था अन्त्य भएको कम्पनीले जनाएको छ ।

कम्पनीले उत्पादन गरेको ३६ एमएमको छड जलविधुत, पुल तथा बाँध लगायतका ठुला ठुला प्रयोजनामा समेत प्रयोग हुनेछ । यस समूहको गुणस्तर प्रमाण प्राप्त गर्नमा नेपाल कै पहिलो भएको कम्पनीको दाबी छ । अहिले प्रदेश न १ को सबैभन्दा ठुलो स्टिल रुपमा चिनिदै आएको कम्पनीले दैनिक ८ सय मेट्रिक टन उत्पादन गर्न छमता रहेको छ । कम्पनीले ८ एमएमदेखि ४० एमएमसम्मको छड उत्पादन गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*