एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

१५ श्रावण २०७८, शुक्रबार ०७:०८

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिन शुक्रबार (आज) अन्तिम दिन रहेको छ । बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोष, आरएमडिसी लघुवित्त वित्तीय संस्था र मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर साउन ५ गतेदेखि लिलामीमा आएको हो ।

बैंकले नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता लिलामिमा ल्याएको हो । जसमा न्यूनतम प्रतिकित्ता मूल्य १ हजार २२१ रुपैयाँ तोकेको छ । आवेदकले उक्त लिलामी शेयरमा सो वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्नेछन् ।

आरएमडिसी लघुवित्तको ३ लाख १९ हजार ६५ कित्ता लिलामिमा आएको हो । जसमा न्यूनतम मूल्य प्रतिकित्ता ४७३ रुपैयाँ तोकेको छ ।साथै बैंकले मेरो माइक्रोफाइनान्सको १ लाख ६ हजार ३९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।
जसमा न्युनतम मूल्य प्रतिकित्ता ५३४ रुपैयाँ तोकेको छ । उक्त कम्पनीको लिलामी शेयरमा पनि सो वा सो भन्दा बढी मूल्य अंकित गरी आवेदकले बोलपत्र पेश गर्न सकनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*