अर्थमन्त्रालयद्वारा नेपाल स्टक एक्सचेन्जका सिईओ साउददलाई ७२ घण्टे स्पष्टिकरण

१४ श्रावण २०७८, बिहीबार २२:४१

काठमाडौं । नेपाल स्टक एक्सचेन्जका सिईओ चन्द्र सिंह साउदलाई अर्थमन्त्रालयले ७२ घण्टाभित्र स्पष्टिकरण बुझाउन पत्र काटेको छ । नेप्सेका सिईओ साउदले श्रीमतीको नाममा शेयर खरिद गरेको भन्ने समाचारको सन्दर्भमा अर्थले पुर्जी काटेको हो ।

नेप्सेका प्रमुख कार्यकारी अधिकृत चन्द्रसिंह साउदले श्रीमतिको नाममा सर्बोत्तम सिमेन्टको शेयर खरिद गरेको सम्बन्धमा यथार्थतथ्य के हो भन्दै तीन दिन भित्र स्पष्टीकरण दिन अर्थमन्त्रालयले निर्देशन दिएको हो । अर्थमन्त्रालयले साउदले श्रीमतिको नाममा शेयर किनेको सम्बन्धमा स्पष्टीकरण सोधेको हो ।

‘विभिन्न सञ्चार माध्यममा प्रकाशित भएको त्यहाँ नेप्सेसग सम्बन्धित समाचारप्रति यस मन्त्रालयको ध्यानाकर्षण भएको छ । सञ्चार माध्यममा आएका उक्त विषयवस्तुको सम्बन्धमा सत्यतथ्य र यर्थाथ के हो? सो को स्पष्ट र तथ्यपरक विवरण तीन दिन भित्र उपलब्ध गराइ दिनु हुन आदेश अनुसार अनुरोध गरिन्छ,’ अर्थमन्त्रालले सोधेको स्पष्टीकरणमा भनिएको छ ।

यसअघि आजै अर्थमन्त्रालयले नेपाल धितोपत्र बोर्डका अध्यक्षसँग स्पष्टीकरण मागेको थियो । बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले छोरीको नाममा सर्वोत्तम सिमेन्टको सेयर खरिद गरेको समाचार सञ्चारमाध्यमहरुमा आएपछि ३ दिन भित्र स्पष्टीकरण पेश गर्न अर्थमन्त्रालयले आदेश दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*