सिटिजन्स बैंकले एक अर्ब ५७ करोड मुनाफा वितरण गर्न पाउने, गत असारसम्मको वित्तीय विवरणमा यस्तो देखियो बैंक

१५ श्रावण २०७८, शुक्रबार ०७:२४

काठमाडौं । सिटिजन्स बैंकले गत आर्थिक वर्षमा आर्जिक मुनाफाबाट एक अर्ब ५७ करोड रुपैयाँ भन्दा बढि मुनाफा शेयरधनीहरुलाई वितरण गर्न पाउने भएको छ । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै यस्तो तथ्याङ्क देखाएको हो । कूल १२ अर्ब ५७ करोडभन्दा बढि चुक्ता पुँजि भएको बैंकले १३ प्रतिशतसम्म लाभांश खुवाउन सक्ने देखिएको छ ।

गत आर्थिक वर्षमा बैंकले एक अर्ब ५९ करोड ८७ लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत वर्ष जम्मा एक अर्ब १९ करोड रुपैयाँ खुद नाफा कमाएको बैंकले यो मुनाफामा उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको हो । बैंकको मुनाफा अघिल्लो आवको सोही अवधिको तुलनामा ३३.४० प्रतिशतले बृद्धि भएको छ । मुनाफा बृद्धिसँगै बैंकको वितरणयोग्य मुनाफा ९१ प्रतिशतले बृद्धि भएको छ । बैंकको सञ्चालन मुनाफा दुई अर्ब १५ करोड छ । अघिल्लो आवमा बैंकले जम्मा एक अर्ब ४९ करोड मात्रै सञ्चालन मुनाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २५.०८ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ४३.६६ प्रतिशत बृद्धि भएको आज प्रकाशित तथ्याङ्कले देखाएको छ । त्यसैगरी, बैंकको चुक्ता पूँजी समीक्षा अवधिमा ३८.३६ प्रतिशत, जगेडा कोष ४०.९२ प्रतिशत, निक्षेप ५८.९२ प्रतिशत र कर्जा ५०.१३ प्रतिशत बढेको वित्तीय विवरणमा औल्याइएको छ ।

गत असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी १५ रुपेयाँ ३८ पैसा छ । त्यसैगरी, मूल्य आम्दानी अनुपातथ २५.१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १४८ रुपैयाँ ४९ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*