आरएमडिसी लघुवित्तको अधिकांश सूचांक निराशाजनक, नाफा र आम्दानी दुवै घट्यो

१५ श्रावण २०७८, शुक्रबार ०७:४३

काठमाडौं । आरएमडिसी लघुवित्त वित्तीय संस्थाको मुनाफासहितका अधिकांश सूचांकहरु घटेको निराशाजनक वित्तीय विवरण आज सार्वजनिक गरेको छ । सो वित्तीय संस्थाले गत आवको अन्तिम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार असार मसान्तसम्ममा आरएमडिसीको मुनाफा, सञ्चालन मुुनाफा, ब्याज आम्दानी तथा प्रतिशत शेयर आम्दानी सबै घटेका छन् ।

अघिल्लो आर्थिक वर्षमा २८ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको सो लघुवित्तले गत आवको अन्तिम त्रैमासमाम जम्मा २३ करोड २५ लाख मात्र कमाउन सफल भएको छ । कम्पनीको खुद ब्याज आम्दानी घटेसँगै खुद नाफा घट्न पुगेको देखिएको छ । त्यस्तै, समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १२.२४ प्रतिशत घटेको छ भने सञ्चालन मुनाफा २९.३९ प्रतिशत घटेको देखिएको छ ।

लघुवित्तको जगेडा कोष समीक्षा अवधिमा १४.९६ प्रतिशत बृद्धि गरेको वित्तीय विवरणमा औल्याइएको छ । सो वित्तीय संस्थाको सापटी ३२.५९ प्रतिशत र कर्जा लगानी ४६.४४ प्रतिशत बढेको छ ।

सो लघुवित्तको प्रतिशेयर आम्दानी ५ रुपैयाँ १७ पैसा घटेर २२ रुपैयाँ ४९ पैसामा झरेको छ । त्यस्तै, मूल्य आम्दानी अनुपात ६१.०६ गुणा छ भने प्रतिशेयर नेटवर्थ २६९ रुपैयाँ ३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*