समता घरेलु लघुवित्तको छलाङ, मुनाफा १११ प्रतिशतले बृद्धि

१५ श्रावण २०७८, शुक्रबार ०८:००

काठमाडौं । गत आर्थिक वर्षको वित्तीय विवरण अनुसार समता लघुवित्तले छलाङ मार्न सफल भएको छ । सो कम्पनीको मुनाफा १११.११ प्रतिशतले बृद्धि भएको छ ।

समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तको प्रतिशेयर आम्दानी अर्थात ईपीएस ११ रपैयाँ ८ पैसा बढेर ३७ रुपैयाँ ९४ पैसा पुर्याउन सफल भएको छ । सो ईपिएसको नतिजाले कम्पनीले उल्लेख्य प्रगति गरेको तथा बलियो रहेको देखाएको छ ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ६५.९४ प्रतिशत बढेसँगै सम्भावित जोखिम बापतको व्यवस्था ९२ लाख ऋणात्मक हुँदा लघुवित्तको खुद नाफा उल्लेख्य बढ्न पुगेको देखिएको हो । समीक्षा अवधिमा जगेडा कोष ४३.११ प्रतिशत बढेको छ । त्यसैगरी, लघुवित्तको सापटी ६०.६४ प्रतिशत, निक्षेप ५४.५४ प्रतिशत र कर्जा ५७.९८ प्रतिशत बढेको छ ।
असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४३.४२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६१ रुपैयाँ ४३ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*