खराब ऋण असुल हुँदा डिप्रोक्स लघुवित्त मालामाल, मुनाफ १५९% ले बृद्धि

१५ श्रावण २०७८, शुक्रबार ०८:२१

काठमाडौं । खराव ऋण असुल भएका कारण डिप्रोक्स लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरु यस गत आर्थिक वर्षको वित्तीय विवरणबाट धेरै लाभांश पाउने भएका छन् ।

डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै मुनाफा १५९.५५ प्रतिशतले बृद्धि भएको तथ्य सार्वजनिक गरेको छ । असार मसान्तसम्ममा सो लघुवित्तले ७१ करोड ३७ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । सो मुनाफा आम्दानीबाट नभई राईटब्याकको मुख्य योगदान रहेको छ । वित्तीय संस्थाको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा सामान्य बढे पनि ३८ करोड ९८ लाख रुपैयाँ खराब कर्जा उठाउन सफल भएपछि प्रोभिजन गरेको रकम राईट ब्याक गर्न पाएपछि नाफा ऐतिहासिक रुपमा बृद्धि भएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ४२.७९ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा ६६.३२ प्रतिशत बढेको छ । कम्पनीको जगेडा कोष ५५.३९ प्रतिशत, सापटी १९.६३ प्रतिशत, निक्षेप ३२.५५ प्रतिशत र कर्जा ३१.९० प्रतिशत बृद्धि भएको छ ।

सो वित्तीय संस्थाको गत असार मसान्तसम्ममा लघुवित्तको ईपीएस ३४ रुपैयाँ ३८ पैसा बढेर ६१ रुपैयाँ ७३ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात २७.३१ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २११ रुपैयाँ ९६ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*