महुली सामुदायिक लघुवित्त वित्तीय संस्थाको नाफा नौ करोडमाथि

१५ श्रावण २०७८, शुक्रबार ०८:४६

काठमाडौं । महुली सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षमा नौ करोड रुपैयाँ भन्दा बढि मुनाफा आर्जन गरेको छ । कम्पनीले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा ३५५% ले बृद्धि भएको देखिएको हो ।

समीक्षा अवधिमा लघुवित्तको खुद नाफा नौ करोड ८० लाख रुपैयाँ पुगेको छ । सम्भावित जोखिम बापतको व्यवस्थामा कम रकम छुट्याएको र उल्लेख्य खराब कर्जा उठाउन सफल भएका कारण लघुवित्तको खुद नाफामा उल्लेख्य सुधार भएको हो । ब्याज आम्दानी र अन्य आय सामान्य रुपमा बृद्धि भएको महुली लघुवित्तको दुई करोड ३५ लाख ६९ हजार रुपैयाँ राईट ब्याक भएको छ । गत वर्ष चार करोड प्रोभिजनमा परेको कारण मुनाफा खुम्चिएको थियो ।

खुद नाफा बृद्धिसँगै लघुवित्तको प्रतिशेयर आम्दानीमा बृद्धि भई ४३ रुपैयाँ ७८ पैसा पुगेको छ । असार मसान्तसम्ममा लघुवित्तको मूल्य आम्दानी अनुपात ४९.७९ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ७५ पैसा रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*