ग्रामिण विकास लघुवित्तको छैठौं साधारण सभा भदौ ५ गते, के–के छन् एजेण्डा ?

१५ श्रावण २०७८, शुक्रबार १०:४८

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको छैंठौ वार्षिक साधारण सभाको मिति तय भएको छ । कम्पनीको सभा आउँदो भदौं ५ गते हुने भएको हो । कम्पनीको साउन ९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त मितिमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभा कम्पनीको प्रधान कार्यालय बुटवलमा बिहान ११ बजे भर्चुअल माध्यमबाट हुने कम्पनीले जनाएको छ । सभामा अन्य कुनै लघुवित्तसँग मर्जर अथवा एक्विजिशन सम्बन्धी कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा रहेको छ ।

त्यस्तै, सभाले संस्थापक समूह अन्तर्गतका नेपाल सरकार र नेपाल राष्ट्र बैंक बाहेकका बैंक तथा वित्तीय संस्थाहरु, कम्पनी, संस्था र शेयर सदस्यहरुबाट प्रतिनिधित्व हुने गरी आपसी समझदारीबाट मनोनित वा निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने, सर्वसाधारण समूह अन्तर्गत शेयरधनीहरु मध्येबाट निर्वाचित हुने २ जना सञ्चालक चयन गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पारित गर्ने जस्ता सभाको एजेण्डा रहेको छ ।

साधारण सभा प्रयोजनको लागि कम्पनीको बुकक्लोज साउन २५ गतेदेखि भदौ ५ गतेसम्म बन्द हुनेछ । जसअनुसार साउन २४ गतेसम्म कायम शेयरधनीहरुले मात्र साधारण सभामा उपस्थित हुन पाउनेछन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*