एनआईविएल एस अन्तर्गतका दुई फण्डको नगद लाभांश घोषणा

१५ श्रावण २०७८, शुक्रबार ११:३८

काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत यस कम्पनी योजना व्यवस्थापक रही सञ्चालमा रहेको दुई फण्डको लाभांश घोषणा गरिएको छ । एनआईविएल समृद्धि फण्ड १ र एनआईबिएल प्रगति फण्डले लाभांश घोषणा गरेका हुन् ।

योजना व्यवस्थापक एनआईविएल एस क्यापिटल लिमिटेडको साउन १४ गते बसको संचालक समितिको ८९ औं बैठकले आ.व. २०७७।०७८ का लागि एनआईविएल समृद्धि फण्ड–१ योजनाका इकाईधनीहलाई कर सहित ३५ प्रतिशतका दरले हुन आउने रकम ३५ करोड नगद लाभांश र एनआईविएल प्रगति फण्ड योजनाका इकाईधनीहरुलाई कर सहित ५० प्रतिशतका दरले हुन आउने रकम साढे ३७ करोड नगद लाभांश वितरण गर्ने निर्णय भएको जानकारी गराएको हो ।

इकाईधनी बुकक्लोज सम्बन्धि सूचना पछि प्रकाशित गरिने समेत जानकारी गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*