तीन कम्पनीलाई आइपीओ निष्काशन गर्न बोर्डले दियो अनुमति, कुनको कति ?

१५ श्रावण २०७८, शुक्रबार १३:५७

काठमाडौं । नेपाल धितोपत्र बोर्डले साधारण सेयर (आईपीओ) निष्कासन गर्न विभिन्न तीन कम्पनीलाई अनुमति प्रदान गरेको छ । बोर्डले न्यादी हाइड्रोपावर कम्पनी, साहस उर्जा र बुद्धभूमी नेपाल हाइड्रोपावर कम्पनीलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको हो ।

न्यादी हाइड्रोपावर कम्पनीले साधारण शेयर (आईपीओ) निष्कासन गर्न बोर्डको अनुमति दिएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ४० करोड ५० लाख रूपैयाँ बराबरको ४० लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले मंसिर १० गते बुधबार बोर्डमा निवेदन पेश गरेको थियो । बोर्डले कम्पनीलाई श्रावण ११ गते आईपीओ निष्कासनको अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल रहेको छ।

बुद्धभुमी नेपाल हाइड्रोपावर कम्पनीले पनि साधारण शेयर (आईपीओ) निष्कासन गर्न बोर्डको अनुमति पाएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न लागेको हो ।

कम्पनीले माघ ८ गते बोर्डमा आवेदन पेश गरेको थियो । बोर्डले श्रावण १४ गते अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम सिभिल क्यापिटल मार्केट रहेको छ ।
साहस उर्जा कम्पनी कम्पनीले १ अर्ब ५ करोड रुपैयाँ बराबरको साधारण सेयर (आईपीओ) निष्कासनको अनुमति पाएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका नागरिक र सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ अर्ब ५ करोड रुपैयाँ बराबरको १ करोड ५ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न अनुमति पाएको हो ।

कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति माग्दै मंसिर २४ गते बोर्डमा आवेदन दिएको थियो । सेबोनले श्रावण १४ गते अनुमति दिएको हो । कम्पनीको बिक्री प्रबन्धकको काम एनआइबीएल एस क्यापिटल लिमिटेडले गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*