एनआइबिएल म्युचुअल फण्ड अन्तर्गतका ३ योजनाको न्याभ घट्यो

१५ श्रावण २०७८, शुक्रबार १४:२०

काठमाडौं । एनआइबिएल म्युचुअल फण्ड अन्तर्गत संचालनमा रहेको ३ योजनाले असार मसान्तको वित्तीय विवरण शुक्रवार सार्वजनिक गरेका छन् । एनआइबिएल सहभागिता फण्ड, एनआइबिएल प्रगति फण्ड र एनआइबिएल समृद्धि फण्ड १ ले असार मसान्तको वित्तीय विवरण सार्वजनिक गरेका हुन् ।

एनआइबिएल समृद्धि फण्ड १ को एनएभी जेठ मसान्तमा रू.१६ दशमलव १७ रहेकोमा असारमसान्तमा रू. १६ मा सीमित भएको छ । त्यसैगरी एनआइबिएल सहभागिता फण्डलको एनएभी असार मसान्तमा रू. १७ दशमलव ४५ रहेको छ । जेठ महीनाको तुलनामा असारमा एनएभी २९ पैसाले कमि आएको हो ।

त्यस्तै, एनआइबिएल प्रगति फण्डको एनएभी जेठ महीनामा १८ दशमलव ८८ रहेकोमा असार मसान्तमा रू. १८ दशमलव २२ मा सीमित भएको हो । एनएभीसँगै ती तीन ओटै योजनाको नाफामा पनि कमि आएको छ ।

एनआइबिएल समृद्धि फण्ड १ को नाफा जेठ मसान्तको तुलनामा असार मसान्तमा ३ प्रतिशतले कमि आएको छ । जेठ मसान्तमा योजनाले रू. ५७ करोड ६८ लाख १९ हजार नाफा कमाएकोमा असार मसान्तमा घटेर रू.५५ करोड ९१ लाख ३७ हजार ९९४ मा सिमित भएको हो ।

त्यस्तै, जेठ मसान्तमा रू. १९ करोड ६५ लाख ४४ हजार नाफा कमाएको एनआइबिएल सहभागिता फण्डको नाफा असार मसान्तमा रू. १८ करोड ७५ लाख ४५ हजार मा सीमित भएको हो । त्यसैगरी एनआइबिएल प्रगति फण्डले असार मसान्तसम्ममा रू. ६२ करोड ६९ लाख ५४ हजार नाफा कमाएको छ।
जेठ मसान्तको तुलनामा ७ प्रतिशतले कमी हो । जेठ मसान्तमा उक्त योजनाले रू. ६७ करोड ६० लाख १८ हजार नाफा आर्जन गरेको थियो । असार मसान्तमा तीन ओटै योजनाको आम्दानीमा कमि आएकोले एनएभी र नाफामा कमि आएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*