माछापुच्छ्रे बैंकले न्युरो अस्पताल बासवरीमा वृक्षारोपण

१५ श्रावण २०७८, शुक्रबार १४:३९

काठमाडौं । माछापुच्छ्रे बैंकले न्युरो अस्पताल बासवरीमा वृक्षारोपण गरेको छ ।महानगरपालिका ३ नम्बर वडाको मुल सडक महाराजगञ्ज सल्लाघारीदेखि न्युरो अस्पताल बासवरीसम्म १०० बिरुवा वृक्षारोपण गरेको छ ।

कार्यक्रममा बैंकको तर्फबाट सिईओ सन्तोष कोइराला र का.म.पा. ३ वडा का वडाध्यक्ष दिपक केसीले वृक्षारोपण गरी कार्यक्रमको सुरुवात गरेका हुन् ।बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज स्थानमा बिरुवा वृक्षारोपण गरेको हो ।

बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातारवरण बनाउन काठमाडौं महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*