सुपर माई हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, आईपीओ निष्कासन गर्ने प्रस्ताव मुख्य एजेण्डा

१५ श्रावण २०७८, शुक्रबार १५:२४

काठमाडौं । सुपर माई हाइड्रोपावर कम्पनीले भदौ ५ गते साधारण सभा आह्वान गरेको छ । उक्त सभा बिहान ११ बजे रजिष्टर्ड कार्यालय बानेश्वरमा हुने भएको छ। कम्पनीको साउन १२ गते सम्पन्न संचालक समितिको बैठकले साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभाले आर्थिक बर्ष २०७७÷ ७८ को सञ्चित नाफाबाट शेयरधनीलाई चुक्तापूँजीको ११ दशमलव ५० प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
त्यस्तै सभाले आव २०७७÷ ७८ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने तथा लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*