फस्र्ट माइक्रोफाइनान्स लघुवित्तकोे संस्थापक शेयर लिलामीमा दिने साउन १७ गते अन्तिम दिन

१५ श्रावण २०७८, शुक्रबार १६:३०

काठमाडौं । फस्र्ट माइक्रोफाइनान्स लघुवित्तकोे संस्थापक शेयर लिलामीमा आवेदन दिने आइतवार अन्तिम दिन रहेको छ। लघुवित्तले साउन १३ गते १ लाख कित्ता संस्थापक शेयर लिलामीद्वारा विक्री खुला गरेको हो । शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ३ सय ४५ तोकिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ ।

बोलपत्र पेश गर्दा न्यूनतम १ हजार कित्ताको लागि आवेदन दिन सकिने छ । लघुवित्तको विक्री प्रबन्धकमा बिओके क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*