नेपाल इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

१५ श्रावण २०७८, शुक्रबार १६:३२

काठमाडौं । नेपाल इन्स्योरेन्सले मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले जगदम्बा मोटर्स कम्पनीमा दावी भएको दुर्घटना बीमालेख अन्तर्गतको रकम भुक्तानी गरेको हो ।कम्पनीमा बीमा गरेका स्व.राजदेव यादवको मृत्यु दावी वापतको रकम २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।

उक्त चेक कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले जगदम्वा मोटर्स प्रा.लि.का प्रतिनिधि दिनेश राज पाण्डेको उपस्थितिमा मृतकका हकवालालाई हस्तान्तरण गरेका हुन् । यससँगै नेपाल इन्स्योरेन्स कम्पनीले बीमा दावी रकम समयमै भुक्तानी गर्ने गरेको प्रष्ट पारेको बताएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*