मैलुङ खोला जलविद्युतको आइपीओमा साढे ११ लाख बढीको आवेदन

१५ श्रावण २०७८, शुक्रबार १८:५८

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीको आइपीओमा आज दोस्रो दिन साढे ११ लाख बढी आवेदन परेका छन्।कम्पनीको आइपीओमा ११ लाख ५८ हजार ५ सय ८५ जना आवेदकबाट एक अर्ब ६० करोड ५७ लाख ३४ हजार रुपैयाँ बराबरको एक करोड ५७ लाख ३४० कित्ता शेयर खरिदको लागि आवेदन परेको छ।

कम्पनीले कुल शेयरमध्ये २ प्रतिशत अर्थात १४ हजार ७२६ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ८१४ कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याएर भने बाँकी ६ लाख ८४ हजार ७४६ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

कम्पनीको आईपिओमा न्यूनतम १० कित्ता देखि अधिकतम १ लाख कित्ता सम्मका लागि आवेदन दिन सकिने छ । कम्पनीको आइपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेडले रहेको छ । क

म्पनीको आईपिओमा साउन १४ गते देखि छिटोमा साउन १८ र ढिलामा साउन २८ गतेसम्ममा आवेदन दिन सकिने जनाएको छ ।आईपीओ निष्काशनका लागि गराएको रेटिङ्गमा केयर रेटिङ्ग नेपालले कम्पनीलाई केयर एनपी डि इस्यूअर रेटिङ्ग प्रदान गरेको छ ।कम्पनीले पहिलो चरणमा स्थानीय बासिन्दाका लागि १० प्रतिशत शेयर विक्री गरिसकेको छ भने बाँकी २० प्रतिशत सर्वसाधारण लागि विक्री गर्न लागिएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*