कूल बजार पुँजिकरण ४२ खर्ब ८४ करोड नाघ्यो, पुँजिकरणमा नबिल बैंक र नेपाल पुनर्बीमा सबैभन्दा ठूलो

१६ श्रावण २०७८, शनिबार ०७:५२

काठमाडौं । यो साता शेयर बजारमा कुल बजार पूँजीकरण ४२ खर्ब ८४ अर्ब १६ करोड ४० लाख रुपैयाँ पुगेको छ । यस अघि जेठ ३१ गते कायम भएको सर्वाधिक ४२ खर्ब १६ अर्ब १० लाख रुपैयाँ बराबरको कुल बजार पूँजीकरणको ऐतिहासिक रेकर्डलाई ब्रेक गर्दै ४३ खर्ब ५ अर्ब २२ करोड ५० हजार कुल बजार पूँजीकरण कायम भएको थियो ।

नेपालको दोस्रो बजारको कूल पुँजिकरण देशको कूल ग्राहस्थ उत्पादनलाई जित्न सफल भएको छ । अनुत्पादक क्षेत्र मानिने धितोपत्र बजारले देशको कूल ग्राहस्थ उत्पादनलाई उछिनेका कारण लगानीकर्ताहरु सचेत हुनुपर्ने धितोपत्र बोर्डले बारम्वार भन्दै आइरहेको छ ।

गत साता पूँजीकरणमा सर्वाधिक रहेको नबिल बैंकले यो साता पनि आफनो स्थान सुरक्षित गरेको छ । बजार पुँजीकरणको हिसाबले नबिल बैंकपछि दोस्रो स्थानमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड रहेको छ। यो कम्पनीको बजार पुँजीकरण १ खर्ब ९५ अर्ब रुपैयाा रहेको छ।

बजार पुँजीकरणका हिसाबले तेस्रो स्थानमा पुनर्बीमा कम्पनी रहेको छ। यो कम्पनीको १ खर्ब ७१ अर्ब बजार पुँजीकरण रहेको छ।

नेपाल लाइफ इन्स्योरेन्स १ खर्ब ४७ अर्ब बजार पुँजीकरणका साथ चौथो स्थानमा छ भने १ खर्ब ३२ अर्ब बजार पुँजीकरणका साथ नागरिक लगानी कोष पाँचौँ स्थानमा रहेको छ।

दोस्रो बजार मूल्यमा नबिल बैंकलाई पछ्याउने प्रयासमा रहेको एनआईसी एसिया बैंक र ग्लोबल आइएमई बैंकको कुल बजार पुँजीकरण क्रमशः १ खर्ब १९ अर्ब रुपैयाँ र १ खर्ब ५ अर्ब रुपैयाँ रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*