धितोपत्र बोर्डले लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्काशनको लागि दियो अनुमति

१७ असार २०७८, बिहीबार ०१:०२

काठमाडौं । लक्ष्मी बैंक र माछापुच्छ्रे बैंकलाई ऋणपत्र निष्काशन गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अनुमति दिएको छ । यी दुई कम्पनीलाई आज सेबोनबाट ऋणपत्र निष्काशन तथा बिक्री गर्न अनुमति पाएको हो ।

माछापुच्छ्रे बैंकले ३ अर्ब बराबरको ३० लाख कित्ता र लक्ष्मी बैंकले २ अर्ब बराबरको २० लाख कित्ता ऋणपत्र निष्काशन गर्न अनुमति प्राप्त गरेको छ ।

माछापुच्छ्रे बैंकले कुल ३० लाख कित्तामध्ये १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि निष्काशन गर्नेछ भने १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट बिक्री गर्नेछ । बैंकको ऋणपत्र विक्री प्रबन्धकका रुपमा नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेड रहेको छ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा १० वर्षका लागि ऋणपत्र निष्कासन गर्न बार्डबाट अनुमति पाएको हो ।

त्यस्तै लक्ष्मी बैंकले कुल २० लाख कित्ता ऋणपत्रमध्ये ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणको लागि र १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरबाट निष्काशन तथा बिक्री गर्ने जानकारी गराएको छ । बैंकले वार्षिक ८.५ प्रतिशत ब्याजदरमा १० वर्षका लागि ऋणपत्र निष्काशन तथा बिक्री गर्न सेबोनबाट अनुमति पाएको छ । बैंकको ऋणपत्रको विक्री प्रबन्धकका रुपमा सिभिल क्यापिटल मार्केट लिमिटेड रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*