मनकामना स्मार्ट लघुवित्तको आईपीओ आजदेखि खुल्दै, यस्तो छ– प्रतिशेयर आम्दानीदेखि रेटिङसहितको सम्पूर्ण विवरण

१७ असार २०७८, बिहीबार ०७:५९

काठमाडौं । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाले आजदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्दैछ । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो।  कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। आज विहान ११ बजेदेखि खुल्ला हुने कम्पनीको शेयरमा असार २१ गतेसम्म आवेदन दिन सकिन्छ ।

लघुवित्तले ३२.११ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो। सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि शेयर दिईने क्यापिटलले जनाएको छ। त्यस्तै, तीन लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४ सय ५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्। कम्पनीको शेयर कम्तिमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ।

गत असार ६ गते धितोपत्र बोर्डबाट निष्कासन अनुमति पाएको यो आईपीओका लागि मनकामना स्मार्टलाई इक्रा नेपालले समयमा वित्तीय दायित्व पूरा गर्न सक्ने सम्बन्धमा मध्यम जोखिम रहने (इक्रा–आईआर) बीबी माइनस रेटिङ प्रदान गरेको छ।

भैरहवाको सिद्धार्थनगरमा लघुवित्तको मुख्य कार्यालय रहेको छ भने प्रदेशका ९ जिल्लामा ३६ शाखा कार्यालयबाट आफना ग्राहकलाई सेवा सुविधा प्रदान गर्दै आईरहेको छ ।

संगठित संस्थाको स्थापनाकालदेखि हाल सम्मको सक्षिप्त इतिहास र मुख्य उद्येश्यहरु,

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड २०६९/०४/२६ गते कम्पनी रजिष्ट्रारको कार्यालयमा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता भएको हो । यस कम्पनीले मिति २०७५/११/०३ गते “घ” वर्गको वित्तीय संस्थाको रूपमा राष्ट्रियस्तर कार्यक्षेत्र रहने गरी वित्तीय कारोवार गर्न नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरी मिति २०७५/११/१६ गतेदेखि औपचारिक रुपले वित्तीय कारोवार शुभारम्भ भएको हो ।

यस वित्तीय संस्था र सल्भ लघुवित्त वित्तीय संस्था लिमिटेड, धनकुटा तथा गरिबी न्युनिकरण लघुवित्त वित्तीय संस्था लिमिटेड, राजविराज बीचमा मर्जर कार्य सम्पन्न भई मिति २०७७/०५/२२ गतेदेखि एकीकृत कारोबार प्रारम्भ भएको छ । विगतमा उपरोक्त तीनवटै संस्थाहरुले गैर सरकारी संस्थाको रुपमा लघुवित्त सम्बन्धी कार्य गर्दै आईरहेको र पछि नेपाल राष्ट्र बैंकबाट “घ” वर्गको लघुवित्त वित्तीय संस्थाको रुपमा ईजाजतप्राप्त गरी कार्य गर्दै आएको हो ।

गरिबी रहित नेपाल निर्माणको मुल ध्येयका साथ अगाडी बढेको यस कम्पनीले ग्रामीण क्षेत्रका विपन्न परिवारको जीवनस्तरलाई माथि उठाउनका लागि विभिन्न किसिमका सेवाहरु प्रदान गर्दै आइरहेको छ । हाल यस कम्पनीको १९ जिल्लामा रहेका १ सय ३८ वटा शाखा कार्यालय मार्फत ३,०२,३४७ परिवारहरु प्रत्यक्षरुपमा लाभान्वित भएका छन् ।

यस कम्पनीका संस्थापक तथा सञ्चालकहरुमा वित्तीय क्षेत्र, सरकारी, गैर सरकारी, शैक्षिक क्षेत्र, कृषि, उद्योग तथा व्यापार क्षेत्र एवम् व्यवस्थापनमा लामो समयदेखि कार्यरत अनुभवी प्रतिष्ठित व्यक्तिहरु रहनु भएको छ । कम्पनी रजिष्ट्रारको कार्यालयको मिति २०७७/१०/२९ पत्रानुसार आर्थिक बर्ष २०७६/०७७ सम्म यस वित्तीय संस्था कम्पनी रजिष्ट्रारको कार्यालयमा अद्यावधिक रहेको छ ।

संस्थाको पुँजी संरचना सम्बन्धी विवरण

अधिकृत पूँजी:यस कम्पनीको अधिकृत पूँजी रु. १,००,००,००,०००/– (अक्षरेपी एक अर्ब मात्र) रहेको छ । उक्त पूँजीलाई रु. १००/– का दरले १,००,००,००० (एक करोड) थान साधारण शेयरमा विभाजन गरिएको छ ।

जारी पूँजी: यस कम्पनीको तत्काल जारी गर्ने शेयर पूँजी रु.६०,८४,००,०००/– (अक्षरेपी साठी करोड चौरासी लाख मात्र) रहेको छ । उक्त पूँजीलाई रु. १००/– का दरले ६०,८४,००० (साठी लाख चौरासी हजार मात्र) थान शेयरमा विभाजन गरिएको छ ।

चुक्ता पूँजी: यस कम्पनीको हाल चुक्ता पूँजी रु. ४१,०६,७०,०००/– (अक्षरेपी एकचालीस करोड छ लाख सतरी हजार रुपैया मात्र) रहेको छ जसलाई रु.१००/– का दरले ४१,०६,७०० (एकचालीस लाख छ हजार सात सय मात्र) थान शेयरमा विभाजन गरिएको छ ।

स्वीकृत विवरणपत्र मार्फत सर्वसाधारणलाई रु. १९,७७,३०,०००/– (अक्षरेपी उन्नाईस करोड सत्हत्तर लाख तीस हजार मात्र) रकम बराबरको शेयरको निष्काशन पश्चात् कम्पनीको चुक्ता पूँजी रु. ६०,८४,००,०००/– (अक्षरेपी साठी करोड चौरासी लाख मात्र) हुनेछ । कम्पनीको स्थापना पश्चात् अधिकृत, जारी एवं चुक्ता पूँजीमा भई आएको/परिवर्तन भएको भए छ ।

 

आर्थिक पक्ष्रेपण

चालु आर्थिक वर्षका संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) २६.५१ रुपैयाँ रहेको छ। ईपीएस आगामी आर्थिक वर्ष २०७८/९९ मा ५३.४० रुपैयाँ र २०७९/८० मा ८५.२३ रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ।आर्थिक बर्ष २०७९/८० मा २७२.९० रुपैयाँ प्रतिसेयर नेटवर्थ पुर्याउने प्रक्षेपण गरेको यो लघुवित्तको चालु आर्थिक वर्षमा भने १८६.८१ प्रतिशत हुने अनुमान गरिएको छ।

चालु आर्थिक बर्ष नेटवर्थमा प्रतिफल १९.९५ हुने र २०७९/८० सम्म ३१.२३ पुग्ने प्रक्षेपण संस्थाको रहेको छ। नाफा यो वर्ष ३ करोड २१ लाख रहने प्रक्षेपण गरेको आव २०७९/८० सम्म १० करोड ३२ लाख रुपैयाँ पुग्ने अनुमान गरिएको छ। यसैगरी आगामी ३ वर्षभित्र रिजर्भको आकार २० करोड ९४ लाख रुपैयाँ पुर्याउने संस्थाले लक्ष्य राखेको छ। चालु वर्षमा भने रिजर्भमा ३ करोड ९८ लाख रुपैयाँ रहेको छ।

सीमित दायित्व सम्बन्धी विवरण :

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, कम्पनी ऐन, २०६३ तथा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ अन्तर्गत स्थापित तथा सञ्चालित पब्लिक लिमिटेड कम्पनी हो । यसमा शेयरधनीहरुको दायित्व निजले खरीद गरेको वा खरीद गर्न कबोल गरेको शेयरको अधिकतम रकमसम्म मात्र सिमित रहनेछ ।

स्वीकृत विवरण विवरण–पत्र अनुसार सर्वसाधारणहरुमा निष्काशन गरिने साधारण शेयरको लागि “क्रेडिट रेटिङ्ग नियमावली, २०६८” को नियम ३ मा भएको व्यवस्था बमोजिम नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त क्रेडिट रेटिङ्ग संस्था ईक्रा नेपाल लि., डिल्लीबजार, काठमाडौंबाट क्रेडिट रेटिङ्ग गराई मिति २०७७/११/१७ मा “समयमा वित्तीय दायित्व पुरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित मानिन्छन् ।

यस संस्थामा मध्यम क्रेडिट जोखिम रहने[ICRANP -IR] BBB- Prounced as ICRANP Issuer Rating Triple B Minus प्रदान गरेको छ । उक्त रेटिङ्गको अवधि जारी मितिबाट एक वर्ष अर्थात २०७८/११/१६ सम्म रहनेछ । रेटिङ्ग संकेत पछाडी रहने  (जोड) वा – (घटाउ) चिन्हले सम्बन्धित रेटिङ्ग वर्ग भित्रको तुलनात्मक स्थितिलाई जनाउँदछ । यसको अर्थ {  [ICRANP -IR] BB- को स्थिति [ICRANP -IR] BB भन्दा एक चिन्ह तल रहन्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*