सिरहामा माछापुच्छ्रे बैंकको नयाँ शाखा बिस्तार

१७ असार २०७८, बिहीबार ११:१३

काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो १६१ औं शाखा सिराह जिल्लाको सदुरमकाम सिराह बजारमा बिस्तार गरेको छ ।

बैंकका अध्यक्ष डा. बीरेन्द्र प्रसाद महतोले एक कार्यक्रमका बीचमा सिराहामा स्थापना गरिएको नयाँ शाखाको उद्घाटन गरेका छन् । शाखा कार्यालय उद्घाटनको क्रममा सिराहा नगरपालिकाका प्रमुख अशेश्वर यादवको पनि उपस्थिति रहेको थियो ।

माछापुच्छ्रे बैंकको देशभरी १६१ औँ शाखा स्थानापछि स्थानीय जनताले राहत महसुस गर्ने विश्वास लिएको बैंकले जनाएको छ । सो बैंकले २०० भन्दा बढी एटीएम, पाँच एक्टेन्सन र १६१ शाखासँगै १६५ शाखारहित बैंकिङ सेवामार्फत कोर बैंकिङ सुविधा प्रदान गर्दै आएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*