नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच तलबी खाता संचालन र सरल कर्जा सम्बन्धी सम्झौता

१७ असार २०७८, बिहीबार १३:११

काठमाडौ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच नेपाल प्रहरीको तलबी बचत खाता संचालन तथा बिना धितो पेशाकर्मी सरल कर्जा सम्बन्धी समझदारी सम्झौता भएको छ ।प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालयमा उक्त सम्झौता भएको हो ।

उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालय प्रमुख प्रहरी नायव महानिरीक्षक प्रकाश अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, राष्ट्रिय बाणिज्य बैंकका नायव प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ब्रान्च अप्रेशन विभागीय प्रमुख सरोज बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*