फरवार्ड माइक्रोफाइनान्सको स्वामित्वमा रहेको लिलामी शेयर भर्ने आज अन्तिम दिन

१७ असार २०७८, बिहीबार १३:२०

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्सको स्वामित्वमा रहेको तीन लाख ९४ हजार ६३४ दशमलव ४६ कित्ता शेयर लिलामी भर्ने आज अन्तिम दिन रहेको छ।

यसमा सर्वसाधारण लगानीकर्ताले पनि आवेदन दिन सक्नेछन् । शेयरको न्यूनतम प्रतिकित्ता ८ सय ५० रुपैयाँ मूल्य तोकिएको छ । इच्छुक लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर बोलकबोल गर्नुपर्नेछ ।यसमा न्यूनतम १ हजार कित्ता र १० ले भाग जाने गरी अधिकतम सम्पूर्ण कित्ताका लागि पनि आवेदन दिन सकिनेछ । कम्पनीको बिक्रि प्रब्न्धकमा सनराइज क्यापिटल रहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*