सिद्धार्थ बैंकले ल्यायो इजी बैंक सुविधा, यस्ता छन् प्रकृया

१७ असार २०७८, बिहीबार १३:५०

काठमाडौं । सिद्धार्थ बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल पद्धतिको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको डिजिटल नेपावल अभियान कार्यक्रम अनतर्गत रहि इजी बैंक नामको अनलाईन प्लेटफर्म सार्वजनिक गरेकोछ । यस इर्जी बैंक प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइट मा गइ वा सोझै इजी र्बैंकको लिङ्क मार्फत ग्राहकहरुले प्रयोग गर्न सक्ने बैंकले जानकारी गराएको छ ।

यस प्लाटफर्ममा सिद्घार्थ बैंकले प्रक्षेपण गरेका विभिन्न डिजिटल सुविधाहरु एकै ठाउँमा संकलित गरिएको छ जसले गर्दा ग्राहकहरुले प्रयोग गर्न चाहनु भएका डिजिटल सुविधाहरु सहजताका साथ छनौट गर्न सक्नु हुनेछ । हाल इजी mबैंककनो प्रयोग गरी ग्राहकहरुले अनलाइनबाट खाता खोल्न, डेबिट वा क्रेडिट कार्डका लागि आवेदन दिन सकि तथा आफ्नो सिआरएन नं हेर्न सक्ने बैंैकले जनाएको छ।

इजी बैैंक सेवा जुनसुकै समय र स्थानबाट प्रयोग गर्न सकिने हुनाले अहिलेको कोभिड १९ को महामारीको अवस्थामा ग्राहकहरु सुरक्षाको दृष्टिकोणले अझ बढि लाभदायक रहेने बैंकको विश्वास रहेको छ । डिजिटल प्रविधिको सदुपयोग गर्दै ग्राहक महानुभावहरुलाई छिटो तथा सहज सुविधा उपलब्ध गराउने लक्ष्य लिइ बैंकले आगामी दिनहरुमा यस प्लाटफर्ममा अरु पनि बैंकिङ्ग सेवाहरु थप गरी यस प्लाटफमलाई अझ बढी प्रभावकारी र प्रविधिमैत्रि बनाउँदै लैजाने बैंकको उद्देश्य रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*