राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक सूचना पोष्ट नगर्न आग्रह

१७ असार २०७८, बिहीबार १४:०३

काठमाडौं । नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा बैंकले गम्भीर ध्यानाकर्षण गराएको छ। हालसम्म नेपाल राष्ट्र बैंकको कुनैपनि आधिकारीक फेसबुक पेज नरहेको र यस बैंकबाट कुनैपनि प्रकारको सूचना जानकारी तथा आव्हन फेसबुक पेज मार्फत नगरिएको व्यहोरा अनुरोध गर्दै अनधिकृतरुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजना गरी भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेको सम्बन्धमा यसबैंकको गम्भीर ध्यानाकर्षण गराएको हो ।

यसरी अनधिकृत रुपमा नेपाल राष्ट्र बैंकको फेसबुक पेज सृजनागरी भ्रामक जानकारी पोष्ट गर्ने÷गराउनेलाई साइबर अपराधसम्बन्धी कानून वमोजिम कारवाही हुने ब्यहोरा अनुरोध गर्दै यसरी यस बैंकको नाममा खोलिएका फेसबुक पेजहरुमा आफ्नो कुनैपनि सूचना प्रबिष्ट नगर्नुहुन सम्पूर्ण फेसबुक प्रयोगकर्ताहरुमा जानकारी गराएको ।छ

त्यसैले यस्ता भ्रामक फेसबुक पोष्टमा विश्वास नगर्न सर्बसाधारणहरुलाई राष्ट्र बैंकले अपिल गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*