एनएमबि बैंकले ल्यायो एनएमबि सापटी २.० योजना, यसरी पाइन्छ सुविधा

१७ असार २०७८, बिहीबार १४:१३

काठमाडौं । एनएमबि बैंकले एनएमबि सापटी २.० योजना ल्याएको छ । यो आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालित कर्जा सेवा रहेको र यस अन्तर्गत कर्जा प्रवाहको लागि आवेदन देखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले सूचना मार्फत जानकारी गराएको छ ।

यो ‘नेपालमै पहिलो पटक’ २४ अ‍ै घण्टा र ७ अ‍ै दिन पूर्ण स्वचालित रुपमा प्रदान गरिने कर्जा एनएमबि सापटीको निरन्तरता रहेको बैंकले उल्लेख गरेको छ। यस सेवा बैंकसम्म नधाईकनै मोवाईलको प्रयोग बाट आवेदन दिएको ५ मिनेट भित्र नै कर्जा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

एनएमबिमा व्यक्तिगत कर्जा भएका ग्राहकहरुलाई २४ महिना सम्मको लचिलो अवधि सहित २ लाख रुपैयाँसम्म २४ अ‍ै घण्टा र ७ अ‍ै दिन कर्जा तुरुन्त उपलब्ध गराइने छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*