नेप्से १९ अंकले बढ्दा निर्जिवन बीमा बाहेक सबै उपसूचक बढ्यो

१७ असार २०७८, बिहीबार १५:२२

काठमाडौं । ।नेपाल स्टक एकस्चेञ्ज (नेप्से) १९ दशमलव १२ अंकले बढेर २८४३ को विन्दुमा कायम भएको छ । स्टकमा सूचीकृत २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ७० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ।

निर्जिवन बीमा बाहेक अन्य सबैको उपसूचक बढेको छ । आज होटल र एण्ड टुरिजम विकास बैंकको उपसूचक उच्च अंकले बढेको छ। नेको इन्स्योरेन्सको आज सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज साढे ३० अर्ब माथिको शेयर कारोबार भएको छ। ज्योति विकास बैंकको साढे १८ करोड माथि र मेगा बैंकको १८ करोड माथि शेयर कारोबार भएको छ।

त्यस्तै आज ४ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ। ओरियन्टल होटल ९ दशमलव ९७ अकंले बढेको छ । गुडबिल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

आज सर्वार्धिक गुमाउने कम्पनीमा कुमारी इक्विटी फन्ड रहेको छ। फन्डका इकाईधनीले ३ दशमलव ३३ प्रतिशतले गुमाएका छन् भने प्रभु सेलेक्ट फन्डका इकाईधनीले २ दशमलव ४४ अंकले गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*