यी हुन् आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

१७ असार २०७८, बिहीबार १५:४३

काठमाडौं । स्टकमा सूचीकृत २२४ कम्पनीको ३ करोड २८ लाख ३८ हजार ९ सय ९३ कित्ता शेयर खरिदबिक्रि हुँदा ६ अर्ब ७० करोड रुपैयाँ माथिको शेयर कारोबार भएको छ।

आज ४ कम्पनीको सर्किट लेभलमा कारोबार भएको छ। ओरियन्टल होटल ९ दशमलव ९७ अकंले बढेको छ । गुडबिल फाइनान्स, ग्रिन डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकका लगानीकर्ताले आज सर्वाधिक कमाएका छन् ।

आज सर्वार्धिक गुमाउने कम्पनीमा कुमारी इक्विटी फन्ड रहेको छ। फन्डका इकाईधनीले ३ दशमलव ३३ प्रतिशतले गुमाएका छन् भने प्रभु सेलेक्ट फन्डका इकाईधनीले २ दशमलव ४४ अंकले गुमाएका छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*