एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच सम्झौता

१७ असार २०७८, बिहीबार १६:४८

काठमाडौं । एनआईबीएल एस क्यापिटल र देवयानी इन्टरनेशनल नेपालबीच सम्झौता भएको छ।दुई कम्पनीबीच म्युचुअल फण्ड अन्तर्गत संचालित ‘कर्पाेरेट पे रोल’ सिप अन्तर्गत व्यवस्थित लगानी योजनाको लागी सम्झौता भएको हो ।

सम्झौता पत्रमा इन्टरनेशनलका तर्फबाट कम्पनीका नायव महाप्रबन्धक रितु राज शाह र क्यापिटलका तर्फबाट सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले हस्ताक्षर गरेका थिए ।सम्झौतापश्चात् यस योजना अन्तर्गत देवयानी इन्टरनेशनल नेपालका कर्मचारीहरुले मासिक रुपमा आफ्नो तलबको केही अंश एनआईबीएल सहभागीता फण्डमा व्यवस्थित लगानी योजनाको एसआइपी अनर्तगत लगानी गर्ने भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*