चार कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

१८ असार २०७८, शुक्रबार ०९:१२

काठमाडौं । पु्रडेन्सियल क्यापिटल म्यानेजमेण्ट कम्पनीको स्वामित्वमा रहेका ४ वटा कम्पनीको लिलामी शेयरमा आवेदन गर्ने अन्तिम आज अन्तिम दिन रहेको छ। आज बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईन्छ ।

कम्पनीले आफ्नो स्वामित्वमा रहेको प्रभु बैंक,नेशनल लाइफ इन्स्योरेन्स, नेपाल ग्रामिण विकास लघुवित्त र प्राइम कमर्सियल बैंकको संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

कम्पनीले प्रभु बैंकको १ लाख कित्ता,नेशनल लाइफ इन्स्योरेन्सको २ लाख २५ हजार कित्ता, नेपाल ग्रामीण विकास लघुवित्तको ३५ हजार कित्ता र प्राइम कमर्सियल बैकको १ लाख ७० हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।सबै कम्पनीको शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १० हजार कित्ता देखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने कम्पनीले जनाएको छ कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*