सुनको मूल्य दुई दिनमा १ हजार ३ सयले बढ्यो

१८ असार २०७८, शुक्रबार ११:५८

काठमाडौं । सुनचाँदीको मूल्य लगातार बढ्न थालेको छ । पछिल्लो दुईदिनयता सुनको मूल्य ह्वात्तै बढेको हो ।

आज शुक्रबार सुनको मूल्य तोलामा ५०० ले बढेको छ । हिजो बिहिबार सुनको मूल्य तोलामा ८०० ले बढेको थियो । हिजो र आज गरी दुई दिनमा मात्रै सुनको मूल्य तोलामा १ हजार ३०० ले बढ्न पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि छापावल सुनको मूल्य प्रतितोला ९१ हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९० हजार ८०० रुपैयाँ कायम गरिएको छ ।

अघिल्लो दिन बिहिबार छापावाला सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
यस्तै, आज चाँदीको भाउ भने स्थिर छ । यस दिन चाँदी अघिल्ले दिनकै मूल्य अर्थात प्रतितोला १ हजार ३१० रुपैयाँमा खरिद बिक्री भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*