एचआईडिसीएलले ११ अर्बको हकप्रद शेयर निष्काशन गर्ने

१८ असार २०७८, शुक्रबार १२:१३

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडिसिएल) ले आगामी साउन ५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री गर्ने भएको छ ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ११ अर्ब रुपैयाँ बराबरको ११ करोड कित्ता हकप्रद शेयर बिक्री गर्न लागेको हो । हकप्रद शेयर निष्काशनका लागि कम्पनीले जेठ २८ गते नै शेयर दाखिला खारेजी (बुकक्लोज) गरेको थियो । यसअनुसार जेठ २७ गतेसम्म नेप्सेमा कारोबार भइ कायम रहेका सो कम्पनीका शेयरधनीहरुले मात्र उक्त हकप्रदमा आवेदन दिन सक्नेछन् ।

कम्पनीको हकप्रद शेयरको बिक्री प्रबन्धकको रुपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ । कम्पनीलको यस हकप्रद शेयरमा ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै धितोपत्र बोर्डबाट आश्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै मेरोशेयर सफ्टवेयबाट आवेदन दिन सकिनेछ । साउन ५ बाट निष्काशन हुने हकप्रद शेयरका लागि साउन २५ गतेसम्म आवेदन दिन पाउने कम्पनीले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*