एनएमबि क्यापिटलद्धारा डिम्याट नविकरण गर्न अनुरोध, साउन १५ सम्म नगरे स्वतः रोक्का हुने

१८ असार २०७८, शुक्रबार १२:४२

काठमाडौं । एनएमबि क्यापिटल वा एनएमबि बैंक लिमिटेडले आफ्ना हितग्राहीलाई डिम्याट नविकरण शुल्क बुझाउन अनुरोध गरेको छ । क्यापिटलले एक सूचना जारी गर्दै आगामी साउन १५ भित्र डिम्याट नविकरण गरिसक्नुपर्ने जानकारी गराएको हो ।

क्यापिटलले आफुलाई पायक पर्ने नजिकैको क्यापिटल वा बैंकको शाखामा गई आव २०७७/०७८ सम्मको डिम्याट संचालन गरेवापतको वार्षिक शुल्क १०० रुपैयाँ बुझाउन अनुरोध गरेको छ ।

साथै क्यापिटलले विद्युतीय माध्यम ई–सेवा, कनेक्ट आइपिएस, आइएमई पे र प्रभु पे मार्फत पनि भुक्तानी गर्न सकिने जनाएको छ ।
क्यापिटलले तोकिएको समयभित्र डिम्याट नविकरण नगरेमा हितग्राही खाता स्वतः रोक्का (फ्रीज) हुने जनाएको छ । र हितग्राही खाताको वार्षिक शुल्क बढीमा ५ वर्षसम्म्को लागि पनि अग्रिम भुक्तानी गर्न सकिने जनाएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*