कर्पोरेट डेभलपमेण्ट बैंकको वार्षिक साधारण सभा असार २५ गते, एजेण्डाहरु यस्ता छन्

१८ असार २०७८, शुक्रबार १३:३३

काठमाडौं । कर्पोरेट डेभलपमेण्ट बैंकले १३औं वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकले आधारणसभा आहवन गरेको हो ।उक्त सभा कम्पनीको प्रधान कार्यालय आदर्शनगर वीरगञ्ज, पर्सामा बिहान ७ः३५ बजे हुने भएको छ। कम्पनीले यस सभामार्फत कुनै पनि लाभांश वितरण गर्ने प्रस्ताव गरेको छैन ।

सभाले आर्थिक बर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ । त्यस्तै, आगामी आर्थिक बर्षका लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । कम्पनीको असार १ गते सम्पन्न संचालक समितिको बैठकले उक्त साधारण सभा गर्ने निर्णय गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*