नेपाल इन्स्योरेन्स कम्पनीको शेयरधनीको खातामा बोनस शेयर जम्मा

१८ असार २०७८, शुक्रबार १३:५२

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले शेयरधनीको हितग्राही खातामा बोनस शेयर शेयरधनीको खातामा जम्मा गराएको छ । कम्पनीले गत चैत मा सम्पन्न ७२औं वार्षिक साधारण सभाबाट पारित ८ प्रतिशत बोनस शेयर शेयरधनीको हितग्राही खातामा जम्मा गरिदिएको हो ।

चैत १६ गतेसम्म शेयर अभौतिकीकरण गराएका शेयरधनीको हितग्राही खातामा उक्त बोनस शेयर जम्मा गरिदिएको कम्पनीले जनाएको छ ।
उक्त मिति पश्चात अभौतिकीकरण गराएका शेयरधनीको हकमा पनि क्रमशः सम्बन्धित शेयरधनीको हितग्राही खातामा शेयर जम्मा गरिने भएकाले शेयर अभौतिकीकरण गराउन कम्पनीले आग्रह गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*