असार २६ गतेदेखि एकीकृत कारोबार गर्ने सिटिजन बैंक र सिर्जना फाइनान्सको निर्णय

१८ असार २०७८, शुक्रबार १४:२२

काठमाडौं । सिटिजन बैंकले सिर्जना फाइनान्सलाई प्राप्त गरेर असार २६ गतेबाट एकीकृत कारोबार सुरु गर्ने भएको छ ।

बैंक र फाइनान्स एक भएपछि अब सिटिजन्स बैंकको नामबाट एकीकृत कारोबार हुने भएको हो । दुवैलाई राष्ट्र बैंकले असार १५ गते एकीकृत कारोबार गर्न अनुमति दिइसकेको छ ।

सिटिजन्स बैंक र सिर्जना फाइनान्सको गत जेठ २७ गते सम्पन्न विशेष साधारण सभाले प्राप्ति सम्बन्धी प्रस्ताव पारित गरेका थिए । सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा तय भएको १००ः९५ सेयर स्वाप रेसियोमा प्राप्त (एक्वायर) प्रक्रिया सम्पन्न गर्ने कार्यलाई अन्तिम स्वीकृति दिइएको छ ।

जसअनुसार सिर्जना फाइनान्सको १०० कित्ता सेयर हुनेले अब सिटिजन्स बैंकको नाममा ९५ कित्ता सेयर प्राप्त गर्नेछन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*