मनकामना स्मार्ट लघुवित्तको आइपीओमा साढे ११ लाख बढीको आवेदन

१८ असार २०७८, शुक्रबार १५:२९

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तले आईपिओ निष्काशन गरेको पहिलो दिन साढे ११ लाख बढीको आवेदन परेको छ । कम्पनीले आजदेखि सर्वसाधारणलाई निष्काशन गरेको आइपीओमा आज दिउँसो ३ बजे ११ लाख ७९ हजार ७ सय १२ जना आवेदकबाट १ करोड ५७ लाख २० हजार १ सय २० कित्ताको लागि आवेदन परेको हो ।

कम्पनीले (हिजो) असार १७ गतेदेखि आईपिओ बिक्रि खुला गरेको हो । कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। आज विहान ११ बजेदेखि खुल्ला हुने कम्पनीको शेयरमा असार २१ गतेसम्म आवेदन दिन सकिन्छ ।

लघुवित्तले ३२.११ प्रतिशत सेयर सर्वसाधारणलाई जारी गरको हो । सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि शेयर दिईने क्यापिटलले जनाएको छ।त्यस्तै, तीन लाख ८९ हजार कित्ता सेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४ सय ५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्। कम्पनीको शेयर कम्तिमा १० कित्ताका लागि आवेदन दिन सकिन्छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*