सिभिल बैंकको एटिएम स्वीच अपग्रेड सफल, असार मसान्तसम्म हिमालयन बैंकको एटिएम प्रयोग गर्न अनुरोध

१८ असार २०७८, शुक्रबार १६:२३

काठमाडौं । सिभिल बैंक लिमिटेडको स्वीच अपग्रेड सफल भएको छ । बैंकले असार १५ देखि असार १८ गते तीनदिनसम्म एटिएम सेवा पूर्ण रुपमा बन्द गरी एटिएम स्वीच अपग्रेड गरेको थियो । बैंकले आज सूचना जारी गर्दै एटिएम स्वीच सफलतापूर्वक स्तरोन्नती भएको जानकारी गराएको हो ।

साथै बैंकले असार मसान्तसम्ममा केही प्राविधिक कठिनाईहरु आउन सक्ने भएको कारण आफ्ना ग्राहकलाई हिमालयन बैंक लिमिटेडको एटिएम निशुल्क रुपमा प्रयोग गर्न सकिने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*