छ वटा बैंकमाथि राष्ट्र बैंकको कारवाही, अध्यक्षलाई सचेतदेखि बैंकलाई जरिवनासम्म

१९ असार २०७८, शनिबार २३:२०

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुको नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले आधा दर्जन राष्ट्रिय स्तरको बाणिज्य बैंकहरुलाई कारवाही गरेको छ । नियमनकारी निकायको कारवाहीमा पर्र्नेहरुमा प्रभु बैंक, स्टाण्डर्ड चार्टर्ड बैंक, राष्ट्रिय बाणिज्य बैंक, लक्ष्मी बैंक, सिभिल बैंक र ग्लोबल आईएमई बैंक राष्ट्र बैंकको कारवाहीमा परेका हुन् । केन्द्रीय बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी व्यवस्था पालना नगरेको, ऋणीसँग अप्रत्यक्ष कारोबार गरेको, सञ्चालकको लगानी रहेको अर्को कम्पनीलाई ऋण दिएको लगायतका विषयमा केन्द्रीय बैंकले जरिवना समेत तिराएको छ ।

स्टाण्डर्ड चार्टर्ड बैंकले ५७ लाख रुपैयाँ भन्दा बढि जरिवना तिरेको छ । सो बैंकले प्राथमिकता प्राप्त क्षेत्रमा तोकिएको सीमामा कर्जा प्रवाह नगरेकोमा केन्द्रीय बैंकले ५७ लाख ८४ हजार ६ सय १७ रुपैयाँ जरिवाना तिराएको हो ।

दोस्रो ठूलो कारवाहीमा प्रभु बैंक परेको छ । सो बैंकका अध्यक्ष देवी प्रसाद भट्टचनको मुख्य लगानी रहेको प्रभु मनि ट्रान्सफर नामक कम्पनीलाई ऋण प्रभाव भएको पाइएपछि केन्द्रीय बैंकले अध्यक्ष भट्टचनसहित सञ्चालकहरु रमेश सिंह खड्का, अम्बिका शर्मा, पुष्पबहादुर प्रधान, दक्ष पौडेललाई केन्द्रिय बैंकले सचेत गराउँदै पत्र काटेको थियो । सो घटनापछि भट्टचनले अध्यक्षबाट राजीनामा दिइसकेका छन् ।

केन्द्रीय बैंकको कारवाहीमा परेको अर्को सिभिल बैंकले १० लाख रुपैयाँ जरिवना समेत तिरेको छ । सो बैंकमाथि दुई वटा अभियोग लागेको छ । बैंक अध्यक्ष इ. इच्छाराज तामाङले बैंकका ऋणीसँग कारोबार गरेको भेटिएपछि कारवाही गरेको हो । त्यस्तै बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्धी निर्देशिकाको पालना नगरेकोले १० लाख रुपैयाँ केन्द्रीय बैंकले जरिवना तिराएको छ ।
सम्पत्ति शुद्धिरकणमा कारवाही पर्ने बैंक हो, लक्ष्मी बैंक । सो बैंकले सम्पत्ति शुद्धिकरण सम्बन्ध निर्देशिकाको पालना नगरेकोले केन्द्रीय बैंकले कारवाही गरेको छ । लक्ष्मी बैंकले २० लाख रुपैयाँ जरिवना तिरेको छ ।

यसैगरी, कर्जा, पुर्नकर्जा र सहूलियत कर्जा प्रदान गर्दा तोकिएको प्रक्रिया पुरा नगरेकोमा तीन बैंक कारवाहीमा परेका छन् । सो प्रकरणमा स्ट्यान्डर्ड चार्टर्ड र ग्लोवल आइएमइ बैंकका साथै राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठलाई केन्द्रिय बैंकले सचेत गराएको छ ।

राष्ट्र बैंकको बैंक सुपरीवेक्षण विभागका अनुसार चालु आवको पहिलो र दोस्रो त्रैमासमा चार वाणिज्य बैंकलाई कारवाही गरेकोमा । तेस्रो त्रेमासमा दुई बैंक थपिएर कूल छ बैंक पुगेका हुन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*