ज्योति विकास बैंकको साढे १ अर्बको ऋणपत्र आजदेखि निष्काशन

२० असार २०७८, आईतवार ११:४१

काठमाडौं । ज्योति विकास बैंकले आजदेखि ऋणपत्र निष्काशन तथा बिक्री खुल्ला गरेको छ ।
बैंकले १० वर्षे अवधि रहेको वार्षिक ९ प्रतिशत ब्याजदरमा असार २० गते देखि ‘ज्योति विकास बैंक वण्ड २०७८’ ऋणपत्र निष्काशन गरेको हो ।

बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका १ अर्ब ५० करोड रुपैयाँ बराबरको १५ लाख कित्ता ऋणपत्र निष्काशन गरेको हो । सोमध्ये ६० करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सर्वसाधारणलाई बिक्री गरिनेछ भने बाँकी ९० करोड रुपैयाँ बराबरको ९ लाख कित्ता व्यक्तिगत तवरबाट बाँडफाँड गरिनेछ ।

सर्वसाधारणका लागि निष्काशन गरिएका ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात ३० हजार कित्ता सामूहिक लगानी कोषका लागि बाँडफाँड गरिएको बैंकले जनाएको छ ।

बैंकको सो ऋणपत्रका लागि छिटोमा असार २३ गतेसम्म आवेदन दिन सकिनेछ । सो समयभित्र पूर्ण आवेदन नपरेमा निष्काशन तथा बिक्री अवधि थपिएर साउन ३ गतेसम्म लम्बिने बैंकले जनाएको छ । इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्तादेखि अधिकतम ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

बैंकको ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकका रुपमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । इच्छुक लगानीकर्ताले आवेदन दिनका लागि सी आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयहरुबाट दिन सक्ने बैंकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*