साताको पहिलो दिन सुनको मूल्य २ सयले बढ्यो, कतिमा हुदै छ कारोबार ?

२० असार २०७८, आईतवार ११:५३

काठमाडौँ । साताको पहिलो दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई सयले बढोत्तरी भएको हो ।

शुक्रबारको तुलनामा आज सुनको मूल्य तोलामा २ सयले ले बढेर छापावाला सुनको भाउ ९१ हजार ५ सय रुपैयाँ र तेजावी सुनको भाउ ९१ हजारमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासंघले जनाएको छ ।

शुक्रबार भने छापावाला सुनको मूल्य ९१ हजार ३ सय र तेजावी सुनको मूल्य ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै शुक्रबार १ हजार ३ सय १० मा कारोबार भएको चाँदी आज भने तोलामा १५ रुपैयाँले बढेर १ हजार ३ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*