नेप्से ८ अंकले घट्दा कारोबार पनि घट्यो, गुडविल फाइनान्सको सर्किट लेभलमा कारोबार

२० असार २०७८, आईतवार १५:१३

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से ८ अंकले घटेको छ । आज नेप्से परिसूचक ८ दशमलव ४८ अंकले घटेर २८३४.५२ विन्दुमा कायम भएको छ ।

आज २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६ रुपैयाँको कारोबार भएको छ ।

नेप्से समूहमा रहेका १३ उपसूचक मध्ये आज ३ समूह बाहेकका सबै समूह राताम्य भएका छन् । होटल तथा पर्यटन समूहमा आज ८६.३८ अंकले सर्वाधिक कारोबार हुन सफल भएको हो । त्यस्तै आज निर्जीबन बीमा समूहमा ११९.७९ अंकले गिरावट आई उच्च कारोबार घटेको समूह रहेको छ ।

त्यस्तै आज नेपाल पुनर्बीमा कम्पनीको २१ करोड ५७ लाख १६ हजार ५८९ रुपैयाँको सर्वाधिक कारोबार भएको छ । त्यस्तै आज गुडविल फाइनान्सको भने सर्किट लेभलमा कारोबार भई उच्च अंकले कमाउन सफल भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*