आज सर्वाधिक कमाउने र गुमाउने कम्पनी

२० असार २०७८, आईतवार १५:२६

काठमाडौं । साताको पहिलो दिन आज २२४ कम्पनीको १ करोड ८ लाख ४२ हजार २२१ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब ५ करोड ३५ लाख ३८ हजार २५६ रुपैयाँको कारोबार भएको छ ।

आज सर्वाधिक गुडविल फाइनान्सको पोजेटिभ लेभलमा कारोबार भई सर्वाधिक कमाउन सफल भएको छ । लगत्तै ओरियन्ट होटलको ८.४७ प्रतिशत अंक, सिइडिबी हाइड्रोपावर कम्पनीको ७.२५ प्रतिशत अंक, कर्पोरेट डेभलपमेन्ट बैंकको ६.१६ प्रशिशत अंक र नेपाल फाइनान्सको ४.०३ प्रतिशत अंकले कमाउन सफल भएको हो ।

त्यस्तै आज माछापुच्छ्रे डिबेन्चरले सर्वाधिक गुमाएको छ । कम्पनीले ५.३८ प्रतिशत अंकले गुमाएको हो । लगत्तै, एसबिएल डिबेन्चरको ५.३६ प्रतिशत अंक, पोखरा फाइनान्सको ४.४७ प्रतिशत अंक, गुर्खाज फाइनान्सको ४.२६ प्रतिशत अंक र पञ्चकन्या माई हाइड्रोपावरको ४.१८ प्रतिशत अंकले गुमाएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*