दुई कम्पनीको बोनस शेयर नेप्सेमा सूचिकृत

२० असार २०७८, आईतवार १६:२२

काठमाडौं । आज दुई कम्पनीको बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचिकृत भएको छ । सांग्रिला डेभलपमेन्ट बैंक र मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनस शेयर आज सूचिकृत भएको हो ।

सांग्रिला डेभलपमेन्ट बैंकको १३ लाख ३ हजार ३२० कित्ता बोनस शेयर सूचीकृत भएको हो । सो बोनस शेयर भोलीदेखि नै लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत चैत २३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ५ प्रतिशत बोनस शेयर सूचीकृत गराएको हो ।
त्यस्तै मिर्मिरे लघुवित्त वित्तीय संस्थाको ३ लाख ६४ हजार ४४८ दशमलव ३५ कित्ता बोनस शेयर सूचीकृत भएको हो । सो बोनश शेयर सूचिकृतपश्चात भोली सोमबारबाट नै लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत चैत १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ९ दशमलव १९९८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*