पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन

२१ असार २०७८, सोमबार ०७:३७

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका पाँच कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । आज बैंकिङ् अवधिसम्ममा उक्त शेयरमा आवेदन दिन पाईन्छ । बैंकको स्वामित्वमा पाँच संस्थापक शेयर असार १५ गतेदेखि लिलामीमा ल्याएको हो ।

कम्पनीले आरएमडिसी लघुवित्तको तीन लाख ८४ हजार ९९५ कित्ता,मेरो माइक्रोफाइनान्सको ५८ हजार ५६८, महुली लघुवित्तको ५५ हजार ७० कित्ता,नेशनल लाईफ इन्स्योरेन्सको २९ हजार ९९६ कित्ता र नागरिक लगानी कोषको तीन लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा ल्याएको हो ।

बैंकको स्वामित्वमा रहेको पाँच कम्पनीको शेयरमा बोलपत्र पेश गर्दा न्यूनतम १ सय कित्ता र अधिकतम सम्पूर्ण कित्ताका लागि आवेदन दिन पाउने छन् । पाँचवटै कम्पनीको विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*