मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन

२१ असार २०७८, सोमबार ०७:१२

काठमाडौं । मनकामना स्मार्ट लघुवित्तको आईपिओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीको आइपीओ इच्छुक आवेदकले आज बैंकिङ् अवधिसम्ममा आवेदन दिन पाईन्छ ।

कम्पनीको असार १७ गते जारी गरेको आइपीओमा ६२ गुणा बढीको आवेदन परेको छ । क्यापिटलले आईतबार साझसम्म उपलब्ध गराएको तथ्याङ्क अनुसार कम्पनीको आईपिओमा१७ लाख ६३ हजार ७ सय ९४ जना आवेदकबाट २ करोड ३२ लाख ७ हजार ४ सय ६० कित्ताको लागि आवेदन परेको हो । यो माग गरिएको भन्दा ६२.६० गुणा बढी हो ।

कम्पनीले तीन करोड ८९ लाख रुपैयाँ बराबरको साधारण शेयर जारी गर्न लागेको हो। कम्पनीको जारी पुँजी १२ करोड ११ लाख ५० हजार रुपैयाँ छ। लघुवित्तले ३२.११ प्रतिशत शेयर सर्वसाधारणलाई जारी गरको हो । सर्वसाधारणलाई छुट्याइएकोबाट कर्मचारी र सामूहिक लगानी कोषलाई पनि शेयर दिईने क्यापिटलले जनाएको छ।

त्यस्तै, तीन लाख ८९ हजार कित्ता शेयरमध्ये ६ हजार ५८ कित्ता कर्मचारी र १९ हजार ४ सय ५० कित्ता कोषहरुले पाउने छन्। बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्तामा सर्वसाधारणले दाबी गर्न पाउने छन्। कम्पनीको बिक्रि प्रबन्धकमा भने एनएमबि क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*