एनआईसी एशिया इन्डेक्स फण्डको इकाई बाँडफाँड

२१ असार २०७८, सोमबार ११:३८

काठमाडौं । एनआईसी एशिया क्यापिटलले असार १० देखि १४ गतेसम्म सार्वजनिक निष्काशन तथा बिक्री गरेको एनआईसी एशिया सेलेक्ट–३० को इकाई बाँडफाँड भएको छ ।

बन्दमुखी प्रकृतिको एनआईसी एशिया सेलेक्ट–३० फण्डको ८ करोड ५० लाख इकाई सार्वजनिक निष्कासनमार्फत बिक्री गरेको थियो । योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलले प्रति इकाई मूल्य १० रुपैंयाँ को कुल १० करोड इकाई मध्ये बीज पूँजी वापत १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक एनआईसी एशिया बैंकलाई बाँडफाँड गरेको हो ।

यो योजना ७ वर्षे अवधिको रहेको छ । यो इकाई बिक्री प्रबन्धकको रुपमा एनआईसी एशिया क्यापिटल लिमिटेड नै रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*