सनराइज क्यापिटल महुली लघुवित्तको शेयर रजिष्ट्रारमा पुनः नियुक्त

२१ असार २०७८, सोमबार १२:०२

काठमाडौं । सनराइज क्यापिटल महुली लघुवित्त वित्तीय संस्थाको शेयर रजिष्ट्रारमा पुनः नियुक्त भएको छ ।

संस्थाले साउन १ गतेदेखि लागू हुनेगरी आगामी दुई वर्षको लागि शेयर रजिष्ट्रारमा सनराईज क्यापिटललाई नियुक्त गरेको हो । यसअघि पनि सो क्यापिटल नै संस्थाको शेयर रजिष्ट्रार रहेकोमा सम्झौताको म्याद असार ३१ गते सकिने भएकोले साउन १ गतेदेखि नै लागू हुने गरी नियुक्त गरेको हो ।

कम्पनीको असार १६ गते बसेको सञ्चालक समितिको बैठकले शेयर रजिष्ट्रारको काम कारबाही गर्न सनराइज क्यापिटलसँग सम्झौता गरको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*