नेपाल फाइनान्स र ललिपुर फाइनान्सको असार २७ गतेदेखि एकिकृति कारोबार शुरु गर्ने निर्णय

२१ असार २०७८, सोमबार १२:४०

काठमाडौं । नेपाल फाइनान्स र ललितपुर फाइनान्सले असार २७ गतेदेखि एकिकृत कारोबार शुरु गर्ने निर्णय गरेको छ ।

नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्त (एक्वायर) गरी सो दिनदेखि एकिकृत कारोबार शुरु गर्न लागेको हो । दुई कम्पनीको गत जेठ २८ गते सम्पन्न विशेष साधारण सभाले नेपाल फाइनान्सले ललितपुर फाइनान्सलाई प्राप्ति गर्ने विशेष प्रस्ताव पारित गरेको थियो ।

नेपाल राष्ट्र बैंकबाट असार १५ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट असार १८ गते एक्विजिशन (प्राप्ति) सम्बन्धि अन्तिम स्वीकृति पाएको थियो ।

साथै एकिकृत कारोबार सञ्चालन गर्न दुबै फाइनान्सको विवरणलाई एउटै सफ्टवेयरबाट कारोबार गर्न डाटा माइग्रेशन गर्नुपर्ने भएकोले असार २५ गतेदेखि २६ गतेसम्म दुवै फाइनान्सले प्रदान गर्दै आइरहेको सम्पूर्ण सेवाहरु बन्द रहने जानकारी समेत गराएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*